दफा १६
वन संरक्षण क्षेत्रको व्यवस्थापन
(१) वन संरक्षण क्षेत्रमा रहेका राष्ट्रिय वनक्षेत्रमा क्षेत्रगत अवस्थितिका आधारमा एक वा सोभन्दा बढी वन व्यवस्थापन पद्धति अवलम्बन गर्न सकिनेछ।

(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि वन संरक्षण क्षेत्रभित्र रहेका अन्य बन व्यवस्थापन पद्धति अन्तर्गत व्यवस्थापन भइरहेको राष्ट्रिय वनको कार्ययोजना बनाउँदा दफा १५ को उपदफा (१) बमोजिमको कार्ययोजनाको अधीनमा रही बनाउनु पर्नेछ।

(३) उपदफा (२) बमोजिम वन संरक्षण क्षेत्रको व्यवस्थापनबाट प्राप्त हुने लाभांशको बाँडफाँट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।

(४) नेपाल सरकारले वन संरक्षण क्षेत्रलाई वन्यजन्तुहरुको लागि जैविक मार्ग घोषणा गर्न सक्नेछ।